बिजखबर संबाददाता
१५ साउन,काठमाडौं । प्रभु बैंक लिमिटेडले शुक्रबारदेखि तीन नयाँ शाखा स्थापना गरेको छ ।
बैंकले नेपालगञ्ज, टाँडी र तुल्सीपुरका शाखालाई बाँकेको कोहलपुर, लमजुङको बेशीशहर र सुर्खेतको वीरेन्द्रनगरमा स्थानान्तरण गरी सञ्चालनमा ल्याएको हो । बैंकले मर्जरका क्रममा दोहोरिएका शाखा स्थनान्तरण गरेको बताएको छ ।
शुक्रवार कोहलपुर शाखाको उदघाटन बैंकका विशेषज्ञ सञ्चालक ऋषिराम गौतमले गरे । त्यस्तै बेसीशहर शाखाको बैंकका संस्थापक रामबहादुर पाण्डे र वीरेन्द्रनगर शाखाको उदघाटन संचालक पुष्पबहादुर प्रधानले गरे ।
ती शाखाबाट स्थानीय जनता, उद्योगी, व्यापारी लगायतले आफनो आवश्यकता अनुसारका बैंकिङ सेवा तथा सुविधा प्राप्त गरी आफ्नो व्यवसाय प्रवद्र्धनमा विशेष फाइदा लिन सक्ने बैंकको विश्वास छ । साथै ती क्षेत्रका ग्राहकले सरल, सहज र सुलभ रुपमा सम्पूर्ण बैंकिङ सुविधा प्राप्त गर्न सक्ने बताइएको छ ।