Logo

सिद्धार्थ बैंकको सामाजिक उत्तरदायित्व, कर्णाली प्रदेश विपद् कोषलाई आर्थिक सहयोग

सिद्धार्थ बैंकको सामाजिक उत्तरदायित्व, कर्णाली प्रदेश विपद् कोषलाई आर्थिक सहयोग



काठमाडौं । कोभिड–१९ रोकथाम तथा नियन्त्रणार्थ कर्णाली प्रदेश सरकारद्वारा स्थापित प्रदेश विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंक सुर्खेत शाखाले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

सुर्खेत शाखाका प्रबन्धक रञ्जन कोइरालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई शनिबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन । त्यस्तै नौमुले गाउँपालिका ३ द्वारी दैलेख निवासी पदमबहादुर विश्वकर्माले व्यक्तिगत रुपमा आजै मुख्यमन्त्री शाहीलाई ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन ।

चेक ग्रहण गर्दै मुख्यमन्त्री शाहीले बैंक तथा जिम्मेवार व्यक्तिप्रति कृतज्ञता प्रकट गरेका छन । बैंकका सुर्खेत शाखा प्रबन्धक कोइरालाले आजकै दिन बैंकले कोरोना प्रतिकार्यमा सहयोग पुर्याउन नेपालका सातै प्रदेशका सरकारलाई १०– १० लाख रुपैयाँका दरले चेक हस्तान्तरण गरेको जानकारी दिएका छन ।

उनका अनुसार कोरोना भाइरस प्रतिकार्य तथा रोकथाममा सहयोग पुगोस् भन्ने हेतुले बैंकले यसअघि कान्तिपुर मिडियासँगको सहकार्यमा १५ लाख रुपैयाँ दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्