Logo

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, पुलिस अस्पताललाई पीपीई हस्तान्तरण

सनराइज बैंकको सामाजिक उत्तरदायित्व, पुलिस अस्पताललाई पीपीई हस्तान्तरण



काठमाडौं । सनराईज बैंकले नेपाल पुलिस अस्पताललाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) हस्तान्तरण गरेको छ । बैंकले अस्पताललाई ६५ थान व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गरेको जानकारी दिएको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत प्रहरीलाई उक्त पीपीई हस्तान्तरण गरेको हो । हाल विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले पूर्ण लकडाउन गरेको अवस्थामा बैंकले कोरोना भाइरसलाई मध्यनजर गर्दै नेपाल पुलिस अस्पताललाई उक्त उपकरण हस्तान्तरण गरेको हो ।

यसबाट हस्पिटलका डाक्टर तथा अन्य कर्मचारीहरुलाई रोकथाम तथा नियन्त्रण गर्न थप मद्दत पुग्ने बैंकको विश्वास रहेको छ । नेपाल पुलिस प्रधान कार्यालय नक्सालमा शुक्रबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले आईजिपि ठाकुर प्रसाद ज्ञावालीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL