Logo

ग्लोबल आइएमई अर्बपति क्लवमा, नाफामा उच्च बृद्धि

ग्लोबल आइएमई अर्बपति क्लवमा, नाफामा उच्च बृद्धि


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

१३ साउन,काठमाडौँ । ग्लोबल आइएमई बैंक अर्बपति क्लवमा समावेश भएको छ ।

बैंकले गत आर्थिक बर्षमा १ अर्ब ५९ लाख ९९ हजार रुपैयाँ नाफा गरि अर्बपति क्लवमा समाबेश भएको हो । साथै बैंकको नाफा ३ करोड २० लाख रुपैयाँले बढेको हो । अघिल्लो आवमा बैंकले ९७ करोड ४० लाख रुपैयाँ कमाएको थियो ।

त्यसैगरी बैंकको खुद ब्याज आय उच्च दरले बढेको छ । अघिल्लो बर्ष १ अर्ब ७५ करोड ८४ लाख ब्याज आम्दानी गरेकोमा  गत आवमा २अर्ब २८ करोड ९४ लाख आम्दानी गरेको छ । बैंकको ब्याज आम्दानी ५३ करोड रुपैयाँले बृद्धि भएको हो ।

बैंकले कर्मचारीका लागि अघिल्लो बर्ष ३७ करोड ३८ लाख रुपैयाँ खर्च गरेको थियो ।  गत आवमा २५ करोड ५० लाख रुपैयाँले बढेर ६२ करोड ८८ लाख रुपैयाँ पुगेको छ । साथै बैंकले गत आवमा कर्मचारीको तलव पनि बढाएको थियो ।

बैंकको खराव कर्जा २ दशमलव १९ प्रतिशतमा झरेको छ । कर्जा लगानी सात अर्ब २१ करोडले बढेर ५० अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

बैंकको चुक्ता पुँजी पाँच अर्ब एक करोड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This