Logo

नेपाल बैंकको सामाजिक उतरदायित्व, कोरोना रोकथामका लागि सरकारलाई दियो १ करोड

नेपाल बैंकको सामाजिक उतरदायित्व, कोरोना रोकथामका लागि सरकारलाई दियो १ करोड



काठमाडौं । कोरोनाको संक्रमणबाट नागरिकलाई जोगाउनका लागि नेपाल बैंकले १ करोड रुपैयाँ उपलब्ध गराएको छ । विश्वभर फैलिरहेको नोवल कोरोना भइरसको संक्रमबाट नेपाली जनतालाई जोउनका लागि बैंकले सरकारले तोकेको कोषमा १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

बैंक संचालक समितिको बैंठकले विश्वभर महामारीको रुपमा फैलिएको कोरानो भाइरस देशभा फैलिन नदिनका लागि नेपाल सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको बैंक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले जानकारी दिए ।

‘देशमा विभिन्न आपत पर्दा आफ्नो संस्थागत सामाजिक उतरदायित्व अन्तरगत सरकारलाई सहयोग गर्दै आएको नेपाल बैंकले यस पटक पनि १ करोड सहयोग गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘कोरोनाको संक्रमणबाट नागरिकलाई जोगाउने सरकारको अभियानलाई जोगाउन उक्त रकम दिएका हौं ।’

देशमा संकट पर्दा ठूला उद्योगी व्यापारीले कुनै सहयोग नगरेको गुनासो बढिरहेको समयमा नेपाल बैंकले घोषणा गरेको यो सहयोग पहिलो हो ।

प्रतिक्रिया दिनुहोस्