बिजखबर संवाददाता
११ साउन, काठमाडौं । टुरिजम् डेभलपमेन्ट बैंकले तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा २० लाख रुपैयाँ प्रदान गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष प्राडा पुष्प राज कडेंल र प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले प्रधानमन्त्री सुशील कोइरालालाई सो रकम हस्तान्तरण गरेका हुन् ।
बैंकले यस अघि बैंशाख १७ गते उक्त कोषमा १० लाख रुपैयाँ जम्मा गरेको थियो । आज थप १० लाख रुपैयाँ जम्मा गरी २० लाख रुपैयाँ पुर्याएको हो । आफुहरुले जम्मा गरेको पैसाले भुकम्प पिडिलाई सहयोग पुग्नै बैंकका सीइओ ढकाललले बताए ।
कार्यक्रममा प्रधानमन्त्री सुशिल कोइरालाले राहत कोषमा थप रकम जम्मा गरेको भन्दै धन्यवाद दिएका थिए । साथै, उक्त रकम भुकम्प पिडितका लागि खर्च गरिने समेत उनले बताए ।