Logo

जुम्लाको खलंगामा प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जुम्लाको खलंगामा प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडौं । प्रभु बैंकले जुम्लाको खलंगामा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले नेपाल आर्थिक पत्रकार समाज (सेजन) संगको संयुक्त आयोजनामा भौगौलिक रुपमा विकट रहेको सो जिल्लाका महिलालाई वित्तिय साक्षरता अभिबृद्धि गर्ने उदेयश्का साथ कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले वित्तीय पहुँचमा महिला पुगेपनि चेतनाको अभावले उत्पादनमुखी क्षेत्रमा लगानी नभएको बताउ । उनले बचतसँगै, सीप तथा रोजगारमुलक क्षेत्रमा लगानी गर्न नगरपालिकाले पनि सघाउने बताउदै सहकारी तथा वित्तीय क्षेत्रले पनि वित्तीय साक्षरता अभियान सञ्चालन गर्न सुझाव दिए ।

जुम्लामा पुरुषको तुलनामा महिला आर्थिक रुपमा सबल बन्दै गएको तथा बाह्य तथा आन्तरिक आर्थिक कारोबारमा समेत महिलाको पहुँच वृदि हुँदै गएको उनको भनाई थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले पैसाको महत्वबारे जानकारी गराउदै आवश्यक परेको ठाउँमा मात्र पैसा खर्च गर्नुपर्ने बताए । धन पैसा जीवनमा नभई नहुने भएकाले यसलाई सही सदुपयोग गर्न उनले आग्रह गरे ।

कार्यक्रममा प्रभू बैंक कर्णाली प्रदेश प्रमुख शरद तिमल्सिनाले गाउँ गाउँमा बैंक विस्तार गरिसकेकाले पनि सवैमा वित्तिय साक्षरता बढाउँदै जानुपर्ने बताए । उनले सुगममा मात्र नभएर दुर्गम क्षेत्रमा पनि बैकिङ्ग सेवा विस्तार गरिसकेकाले सर्वसाधारणलाई यसबाट लाभ लिन आग्रह गरे ।

कार्यक्रममा झन्डै ४० जनाको सहभागिता रहेको थियो । वित्तीय साक्षरता कार्यक्रमका सहभागी महिलाले शिक्षाकै अभावले उत्पादनमुखी क्षेत्रमा लगानी नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्