Logo

उद्योगी, ब्यवसायी लक्षित नबिल इन्भेष्टमेण्ट बैंकको संस्थागत परामर्श सेवा

उद्योगी, ब्यवसायी लक्षित नबिल इन्भेष्टमेण्ट बैंकको संस्थागत परामर्श सेवा



काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ । बैंकले देशमा छरिएर रहेका उद्योगी, व्यावसायि संघ संस्था तथा व्यक्तिहरूलाई लक्षित गरी उनीहरूको व्यवसाय बढाउन तथा व्यवसायिक उद्देश्यमा सहयोग गर्ने उद्देश्यले अनुसन्धान तथा विश्लेषणमा आधारित संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको हो ।

उक्त सेवा अन्तरगत आफ्नो उद्योग व्यवसाय संचालन गरिरहेका उद्योगी तथा नयाँ व्यवसाय संचालन गर्न चाहने व्यवसायीहरूको लागि बैंकले वित्तीय सर्वेक्षण, बजार सर्वेक्षण, सम्भाव्यता अध्ययन, व्यापारिक योजना र विकास, व्यापार रणनीति विकास, व्यवसाय मूल्यांङ्कन, सेयर÷इक्विटी मूल्यांङ्कन, आम्दानी योजना, खर्च योजना, पूँजीगत बजेट तथा पूँजी पुनसंरचनालगायतमा परामर्श सेवा प्रदान गर्नेछ ।

साथै लगानी गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुलाई नबिल इन्भेष्टले साना तथा मध्यम वर्ग तथा स्टार्टअपमा लगानी गर्न चाहेमा परामर्श सेवा समेत उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL