काठमाडौं । एभरेष्ट बैंकले टिचफर नेपाललाई आर्थिक सहयो गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत टिचफर नेपाललाई ७ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
शिक्षामा सीएसआरको पहल अन्तरगत टीच फर नेपाललाई सहयोग पुर्याउन उक्त ७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ । बैंकले नेपालका विभिन्न सरकारी र सार्वजनिक विद्यालयहरूमा शिक्षा, सरसफाई र खानेपानीको लागि यस अघि पनि सहयोग गर्दै आईरहेको छ ।
बैंकले ९५ शाखा, ३१ राज्वस्व संकलन काउन्टर तथा १०३ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।