Logo

एनआईसी एशिया र अकामा होटलबीच सम्झौता, बैंकका ग्राहकलाई होटलको सेवामा २०% छुट

एनआईसी एशिया र अकामा होटलबीच सम्झौता, बैंकका ग्राहकलाई होटलको सेवामा २०% छुट



काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट प्रदान गर्न बैंक र होटलबीच समझदारी भएको छ । आईतबार एक कार्यक्रमका बीच बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा होटलको तर्फबाट महाप्रबन्धक राजु श्रेष्ठले समझदारीपत्र आदानप्रदान गरेका हुन ।

उक्त समझदारी बमोजिम बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरे वापत रकम भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछन । साथै बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ ।

समझदारीका सर्तहरू एक वर्षको लागि लागू हुनेछन् । यसैगरी ग्राहकहरूले देशभरका २ हजार ४ सय वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन ।

बैंकले हाल ३ सय १९ शाखा कार्यालयहरु, ४ सय ५४ एटिएम, १ सय ८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङमार्फत सेवा दिँर्द आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL