Logo

मेगा बैंक छैटौ बर्षमा, अवको लक्ष्य सुदृढीकरण र विस्तार

मेगा बैंक छैटौ बर्षमा, अवको लक्ष्य सुदृढीकरण र विस्तार


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संबाददाता

७ साउन,काठमाडौँ । मेगा बैंक लिमिटेड आफ्नो स्थापनाको पाँचौं बर्ष पुरा गरी छैटौ बर्षमा प्रवेश गरेको छ ।

बिहीबार बैंकको पाँचौं बार्षिकोत्सव समारोहमा बैंकका अध्यक्ष प्रा डा मदनकुमार दाहालले मेगा बैंकको अवको लक्ष्य तथा चुनौती सुदृढीकरण र विस्तार रहेको बताए । हामीले पाँच बर्षलाई स्थापनाकालका रुपमा लिएका थियौं उनले भने ।

मुलुक बाहिर संयुक्त लगानीमा कारोवारको प्रारम्भ गरिने उनले बताए । त्यस्तै क्षत्रियस्तरमा कार्यालय विस्तार तथा ग्रामिण क्षेत्रमा बैंकिङ पहुँचलाई विस्तार गर्ने कार्यमा केन्द्रित हुने । केही पुराना तथा नयाँ बैंकहरुबाट मेगा बैंकसँग मर्जरको निमित्त अनौपचारिक प्रस्तावहरु आएको छ । मेगा बैंकसँग पश्चिमाञ्चल डेभलपमेन्ट बैंकको जारी मर्जर चाँडै नै सम्पन्न हुने छ । हामीसँग खुलेका अन्य बैंकभन्दा बढी लाभांश बाड्न पाउनु हाम्रो उपलब्धि हो उनले भने । आगामी बर्ष झन बढी लाभांश दिन प्रयत्नरत रहने ।
मेगा बैंककी निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले सक्षम परियोजना अन्तरगत मध्य र सुदूर पश्चिममा चार वटा शाखा खोल्ने योजना रहेकोमा यो बर्ष अछाम र डडेल्धुरामा दुईवटा शाखा विस्तार गर्न लागेको जानकारी दिइन् ।

उक्त क्षेत्रका जिल्लाहरुमा १० वटा शाखारहित बैंकिङ सेवा र अत्याधुनिक ट्याब बैंकिङ सेवा विस्तार गरिने उनले बताइन् । ‘अछाम र डडेल्धुरामा शाखा खोल्ने कार्य अगाडि बढेको छ उनले भनिन् देशका अन्य ठाउँमा ८ वटा शाखा खोल्ने विषयमा पनि अध्ययन गरेर निष्कर्षमा पुग्छौँ ।’

श्रेष्ठका अनुसार, ग्राहकको सुविधालाई ध्यानमा राखेर भिसा डेबिट र क्रेडिट कार्ड तथा बिजनेश कार्ड ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ ।

यसैबीच, वार्षिकोत्सवका अवसरमा बिहीबार राजधानीमा गरिएको कार्यक्रममा बैंकले अनाथ तथा असहाय बालबालिका आश्रित काठमाडौंको धापासीस्थित पवित्र समाज सेवा नेपाललाई रु. १ लाख नगद सहयोग प्रदान गरेको छ ।

बैंकका अध्यक्ष प्रा.डा. दाहालले पवित्र समाज सेवा नेपालमा आश्रित ६ जना बालिकाको शिक्षा दिक्षाका लागि सो सहयोग प्रदान गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL