Logo

सिटिजन्स बैंकले ल्यायो ‘सिटिजन्स संरक्षित तथा तलब बचत खाता’ सञ्चालनमा, साढे ६ प्रतिशत ब्याज पाईने

सिटिजन्स बैंकले ल्यायो ‘सिटिजन्स संरक्षित तथा तलब बचत खाता’ सञ्चालनमा, साढे ६ प्रतिशत ब्याज पाईने



काठमाडौं । सिटिजन्स बैंकले ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा ‘सिटिजन्स तलब बचत खाता’ संचालनमा ल्याएको छ ।

५ हजार रुपैयाँमा खाता खोल्न सकिने सिटिजन्स संरक्षित बचत खातामा दैनिक मौज्दातमा वार्षिक ६ दशमलब ५० प्रतिशत ब्याजदर प्रदान गर्नुका साथै स्वास्थ्य र दुर्घटना मृत्यु बीमाको लाभसमेत प्राप्तगर्न सकिने छ । साथै उक्त योजनामा संलग्न ग्राहकहरूका लागि ५० हजार रुपैयाँको स्वास्थ्य बीमा (अस्पतालभर्ना खर्च) र ५ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ ।

शून्यमा नै खाता खोल्न मिल्ने तथा दैनिक मौज्दातमा वार्षिक ६ दशमलब ५० प्रतिशत ब्याजदर प्रदान गरिने ‘सिटिजन्स तलब बचत खाता’ कर्मचारीहरूको तलब व्यवस्थापनको लागि अत्यन्तै फलदायी हुने बैंकको विश्वास रहेको छ । यस योजनामा सम्पूर्ण कर्मचारीका लागि २५ हजार रुपैयाँको स्वास्थ्य बीमा (अस्पतालभर्ना खर्च) र ३ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ ।

बैंकले संचालनमा ल्याएको उक्त योजनाहरुमा निःशुल्क भिसा डेबिड कार्ड, अन्तर शाखा कारोबार आश्वा, निःशुल्क सिटिजन्स स्र्माट बैंकिङलगायतका सुविधा रहेको छ । बैंकले ९३ शाखा, ९१ एटिएम तथा १०३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL