Logo

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर धनुषाको जिल्ला प्रशासन कार्यालयमा, काउण्टर संख्या ४६ पुग्यो

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर धनुषाको जिल्ला प्रशासन कार्यालयमा, काउण्टर संख्या ४६ पुग्यो



काठमाडौं । प्रभु बैंकले धनुषाको जनकपुर उपमहानगरपालिका ४ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त काउण्टर धनुषाका प्रमुख जिल्ला अधिकृत प्रदिप राज कडेंलले उद्घाटन गरेका हुन ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बैंकले धनुषाको जिल्ला प्रशासन कार्यलयमा समेत आफ्नो सेवा विस्तार गरको हो ।

बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । बैंकले २०८ शाखा, १५८ एटिएम, ४६ एक्स्टेन्सन काउण्टर तथा १७ शाखा रहित बैंकिङ सेवा मार्फत आफ्नो कारोबार गर्दै आई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्