Logo

बैंक अफ काठमाण्डूको ‘बिओके सफलता मुद्दती खाता’ सार्वजनिक, ११ लाखसम्मको बीमा सुविधा

बैंक अफ काठमाण्डूको ‘बिओके सफलता मुद्दती खाता’ सार्वजनिक, ११ लाखसम्मको बीमा सुविधा



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ‘बिओके सफलता मुद्दती खाता’ संचालनमा ल्याएको छ ।

बैंकले ‘सफलता मुद्दती खाताबाटै पूर्ण सुरक्षा’ भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको उक्त खातामा ग्राहकहरुले ११ लाख रुपैयाँसम्मको बीमा सुबिधा पाउनेछन । साथै वार्षिक ९ दशमलब ७५ प्रतिशत ब्याजदर समेत पाउने छन । उक्त मुद्दती खाता २५ हजार रुपैयाँमा नै खोल्न सकिनेछन । उक्त खातामार्फत ग्राहकहरुले बीमालगायतका अन्य सुबिधाहरुको लाभ लिने बैंकको विश्वास रहेको छ ।

साथै बीमा सुबिधा अन्तरगत दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तता भए ५ लाख, १८ घातक रोगहरु लागेको खण्डमा ५ लाख तथा औषधी उपचारको लागि १ लाख रुपैयाँको बीमा सुबिधा अन्तरगत बहिरंगको लागि २० हजार तथा अस्पताल भर्ना भई उपचार गर्दा ८० हजार रुपैयाँसम्मको बीमा सुबिधा प्राप्त गर्न सक्नेछन ।

बीमा सुबिधा बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको सहकार्यमा उपलब्ध गराएको छ । जस अन्तरगत बीमा शुल्क बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडलाई भुक्तानी गर्नेछ । हालसम्म बैंक अफ काठमाण्डूले ८७ शाखा, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL