Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, महेन्द्र माविलाई आर्थिक सहयोग

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, महेन्द्र माविलाई आर्थिक सहयोग



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वर स्थित महेन्द्र भवन माध्यामिक आवाशिय बिद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तरगत उक्त बिद्यालयको शौचालय निर्माणकोे लागि ५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । बैंकले एक कार्यक्रमबीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

बिद्यार्थीको मानसिक बिकासमा स्वास्थ्यले ठूलोे भुमिका खेल्ने भएकाले बिद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखी बैंकले सहयोग गरेको हो । सरकारले अवलम्बन गरेको ‘सुखी नेपाली सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न उक्त सहयोग फलदायी हुने बैंकको विश्वास रहेको छ ।

बैंकले ९३ शाखा, ९० एटिएम र १०३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेलगायतका सेवा समेत उपलब्ध गराउँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL