Logo

सांग्रिला बैंकको ‘क्रमिक मुद्दती खाता’ संचालनमा, न्युनतम ५ सय बचत गर्न सकिने

सांग्रिला बैंकको ‘क्रमिक मुद्दती खाता’ संचालनमा, न्युनतम ५ सय बचत गर्न सकिने



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले क्रमिक मुद्दती आता योजना संचालनमा ल्याएको छ । बैंकले ‘थोरै थोरै बचतको निरन्तरता, छाउनेछ जीवनमा सम्पन्नता’ भन्ने सोचका साथ उक्त योजना सार्वजनिक गरेको हो ।

उक्त योजना अन्तरगत न्यूनतम मौज्दात ५ सय रुपैयाँबाट सुरु गर्न सक्नेछन । साथै सो योजनामा ग्राहकले ३६ महिनाको क्रमिक मासिक बचतमा ४२ महिना बराबरको भुक्तानी प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

योजना अन्तरगत ३ वर्ष सम्म ब्याजदरमा समेत कुनै परिर्वतन नहुने बैंकले जानकारी दिएको छ । बैंकले ९१ शाखा तथा २६ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्