Logo

सेञ्चुरी बैंकको नवौं वार्षिक उत्सवमा बिभिन्न कार्यक्रम, विद्यालयलाई ल्यापटप र प्रोजेक्टर हस्तान्तरण

सेञ्चुरी बैंकको नवौं वार्षिक उत्सवमा बिभिन्न कार्यक्रम, विद्यालयलाई ल्यापटप र प्रोजेक्टर हस्तान्तरण



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो नवौं वार्षिक उत्सवको अवसरमा बिभिन्न कार्यक्रम गरेको छ । बैंकले वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा विद्यालयलाई बिभिन्न उपकरण हस्तान्तरण गरेको छ ।

बैंकले गरेको निशुल्क स्वास्थ्य परीक्षणमा बालबालिकालगायत वृद्धवृद्धाहरुको सहभागिता रहेको थियो । त्यसतै बैंकको आयोजनामा भएको रक्तदान कार्यक्रमा ३५ जनाले सहभागिता जनाएको थियो ।

त्यसतै बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत सिन्धुपाल्चोक हेलम्बुको महेन्द्र माध्यामिक विद्यालयलाई २ थान ल्यापटप र १ थान प्रोजेक्टर प्रदान गरेको छ । त्यस्तै बैंकले आवर चाईल्ड केयर अनाथाश्रमलाई खाद्य सामाग्री प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्