Logo

एनआईसी एशिया बैंक र लिगल रेमिटबीच सम्झौता, बैंकका शाखामार्फत भुक्तानी लिन सकिने

एनआईसी एशिया बैंक र लिगल रेमिटबीच सम्झौता, बैंकका शाखामार्फत भुक्तानी लिन सकिने



काठमाडौं । एनआईसी एशिया बैंक र लुम्बिनी ग्रुप प्राइभेटबीच सम्झौता भएको छ । सम्झौता पछि अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरुले लिगल रेमिटबाट पठाएको रकम बैंकको रेमिटमार्फत भुक्तानी लिन सक्नुहुनेछ ।

साथै, विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामा समेत पठाउन सकिनेछ । अष्ट्रेलियाबाट लिगल रेमिटमार्फत नेपाल पठाएको रकम तिनका आफन्तले बैंकको सम्पूर्ण शाखा, एक्स्टेन्सन काउण्टर तथा शाखारहित बैंकमाफत लिन सकिनेछ ।

बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरि करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत आफ्नो सेवा विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL