Logo

माछापुच्छ्रे बैंकबाट बाहिरिए सुमन शर्मा, कामुको जिम्मा सन्तोष कोईरालालाई

माछापुच्छ्रे बैंकबाट बाहिरिए सुमन शर्मा, कामुको जिम्मा सन्तोष कोईरालालाई



काठमाडौं । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा बैंकबाट बाहिरिएका छन । उनी चैत १ गतेदेखि लागु हुनेगरी बैंकबाट बाहिरिएका हुन ।

उनको राजीनामा संचालक समितिले स्वीकृत गरिसकेको र चैत १ गतेदेखि औपचारिक रुपमा बाहिरिने बैंक स्रोतले जानकारी दिएको छ ।

उनलाई २ बर्ष अघि बैंकले ४ बर्षका लागि सिईओमा नियुक्त गरेको थियो । तर, हाल आफ्नो व्यक्तिगत कारण देखाउँदै शर्मा बैंकबाट बाहिरिन चाहेको बैंक स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार बैंकको कामु प्रमुख कार्यकारीको जिम्मेवारी भने नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईरालालाई दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्