Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, शारदा माविलाई आर्थिक सहयोग

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, शारदा माविलाई आर्थिक सहयोग



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धनगढीको शारदा माद्यामिक विद्यालयलाई १ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तरगत विद्यालयलाई उक्त रकम हस्तान्तरण गरेको हो । बैंकले विद्यार्थीलाई प्राविधिक शिक्षा प्रदान गर्नका लागि आवश्यक पर्ने कम्प्यूटर ल्याबका सामग्रीहरु खरिद गर्नका लागि उक्त सहयोग रकम उपलब्ध गराएको हो ।

विद्यालयले विद्यार्थीको चौतर्फी विकाशको निम्ति विभिन्न कार्यक्रमहरुलाई पाठ्यक्रममा समावेश गरी गुणस्तरीय शिक्षा प्रदान गर्दै आई रहेको छ । नेपाल सरकारले अवलम्बन गरेको ‘सुखी नेपाली सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने बैंकको विश्वास रहेको छ ।

बैंकले ९३ शाखा, ९० एटिएम तथा १०३ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेलगायतका सेवा समेत उपलब्ध गराउँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL