Logo

प्रभु बैकको वित्तीय सारक्षरता, स्थानीयलाई बैकिङ कारोबार सम्बन्धी आधारभुत ज्ञान प्रदान

प्रभु बैकको वित्तीय सारक्षरता, स्थानीयलाई बैकिङ कारोबार सम्बन्धी आधारभुत ज्ञान प्रदान



काठमाडौं । प्रभु बैंक लिमिटेड र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा संखुवासभाको चिचिला गाउँपालिकामा एक दिने वित्तीय साक्षरता अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

चिचिला गाउँपालिकाका स्थानीयबासीहरुलाई बैंकिङ कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियामा चिचिला गाउँपालिकाका स्थानीय प्रतिनिधी, समाजसेवी, कृषक, व्यापारी, बुद्धिजिवी, नागरिक समाजलगायतका सहभागिता रहेको थियो ।

वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिएका छन । उनले भने, ‘स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको श्रोत बढाउन सकिन्छ ।’

चिचिला क्षेत्र विकट एवं दुर्गम क्षेत्रका रुपमा परिचित भएपनि नगदेबालीको रुपमा अलैंची खेती र आन्तरिक एवं बाह्य पर्यटनलाई व्यवस्थित गर्नका लागि स्थानीयबासीहरु नै अग्रसर भई लागेमा आर्थिक रुपमा सम्पनन हुन सकिने अवस्था रहेको निरौलाले जानकारी दिएका छन ।

गाउँपालिकाका अध्यक्ष पाशाङनुर्वु शेर्पाले दुर्गम क्षेत्र चिचिलाका जनप्रतिनिधी र स्थानीयको आर्थिक अवस्थाका बारेमा जानकारी गराउँदै पिछडिएको यस क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोमा आयोजकलाई धन्नेबाद ज्ञापन गरेका छन ।

बैंक र सेजनको संयुक्त आयोजनामा सम्पन्न यस वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमबाट सहभागी सबैले वित्तीय व्यवस्थापन र यसको सदुपयोग गरी आयअर्जन गर्ने सम्बन्धमा आधारभूत ज्ञान प्राप्त गरेको बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्