Logo

सिटिजनको नाफा २१ करोडले बढ्यो, गत आवमा ७२ करोड कमायो

सिटिजनको नाफा २१ करोडले बढ्यो, गत आवमा ७२ करोड कमायो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

६ साउन, काठमाडौं । सिटिजन बैंक इण्टरनेशनले आर्थिक वर्ष २०७१/७२ मा ७२ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिको भन्दा साढे २१ करोड रुपैयाँले बढी हो । गत वर्ष बैंकले ४९ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।
खराव कर्जामा सुधार र व्याज आम्दानी बढेसँगै बैंकको नाफा बढेको हो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको खराब कर्जामा उल्लेख्य सुधार आएको छ । आव २०७०÷०७१ मा बैंकको खराव कर्जा कुल कर्जा प्रवाहको ३ दशमलव ४० प्रतिशत रहेको थियो । तर, आव २०७१/०७२ मा त्यसलाई १ दशमलव ५८ प्रतिशतमा झारेको छ ।

यस्तै, बैंकको खुद व्याज आम्दानी भने ४७ करोड रुपैयाँले बढेको छ । नाफा त्यसैगरी बैदेशिक मुद्राको कारोबारबाट हुने आम्दानी पनि २ करोड रुपैयाँले बढेको छ ।

संभावित जोखिम व्यवस्थाला लागि छुट्याइएको रकम भने अघिल्लो वर्षको भन्दा ८ करोड कम मात्रै फिर्ता (राइटब्याक) भएको वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो वर्ष ३१ करोड रुपैयाँ राइटब्याक भएकोमा गथत वर्ष २३ करोड रुपैयाँ मात्रै राइटब्यक भएको छ ।
यस्तै, बैंकको प्रतिसेयर वाषिर्क आम्दनानी २८ रुपैयाँ ३४ पैसा छ भने मूल्य आम्दानी अनुपात १७.२६ प्रतिशत छ । त्यसैगरी, प्रतिसेयर नेटवर्थ १ सय ४७ रुपैयाँ ६० पैसा छ ।

एक वर्षको अवधिमा बैंकले निक्षेप ८ अर्ब र कर्जा ६ अर्ब रुपैयाँले बढाएको छ । हालसम्म बैंकले ३५ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ५५ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL