Logo

साग्रिला डेभलपमेन्ट बैंकद्धारा कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम, सयौं विधार्थी लाभान्वित

साग्रिला डेभलपमेन्ट बैंकद्धारा कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम, सयौं विधार्थी लाभान्वित



काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंकले कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । बैंकको गल्छी शाखाले जनजागरण मावि गल्छी धादिङ्गको प्राङ्गणमा कक्षा १ देखि १२ सम्म अध्ययनरत बिधार्थी भाइबहिनीहरु र त्यसै बिधालयका अभिभावकहरुलाइ समेत राखि गल्छी स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा कोरोना फाइरसको सङक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा सहजीकरण गरेका गल्छी शाखाका प्रमुख गौरब काफ्लेले कोरोना भाइरसबाट ‘आफु पनि बचौ र अरुलाई नी बचाऔ’ भन्दै जसका लागि सरसफाईमा बिशेष ध्यान दिने, मास्क लगाउने, हातलाई सावुन पानीले धुने, हात नमिलाउने, भिडभाडमा नजाने, नियमीत शारिरीक ब्याम गर्ने, मधपान मांसाहारीको प्रयोग नगरि भिटामीन सी पाउने अमला, कागती खाने, प्रत्येक आधा घन्टाको अन्तरमा पानि पिउने, बिहान बेलुका घीउको सेवन गर्ने रुघाखोकी ज्यरो आएमा मनोबल नघटाइ तुरुन्त नजिकैको स्वास्थ्य चौका मा जानुपर्ने जस्ता जानकारी विधार्थीमाझ बाँडेको बताए ।

स्वास्थ्यकर्मी रेखा अधिकारी र रन्जना रिमालले कोरेना भाइरसको सङक्रमणबाट बच्ने उपायहरु बताउदै घरमा आफनो परिवार छरमिेकीलाई समेत सिकेका कुराहरु जानकारी दिन र सामाजिक सन्जालको पछि परेर सबै त्यसैको भरमा नलाग्न अनुरोध गरे साथै सामाजिक सन्जालमा त्रास फैलाउने काम नगर्न समेत अनुरोध गरे त्रास फैलाउनेलाई सरकारले कडाभन्दा कडा कारबाही गर्न समेत अनुरोध गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गल्छी गापा.वडा न.४ का वडाअध्यक्ष एवम विधालय ब्यवस्थापन समितीका अध्यक्ष समेत रहेका राजु अधिकारीले साग्रिला डेभलपमेन्ट बैकको शाखा गल्छीले बिश्वब्यापी रुपमा फैलिरहेको यो कोरेना भाइरसबाट बच्ने उपायहरुको बारेमा सचेतना कार्यक्रम राखेकोमा धन्यवाद दिदै उनले अझै ग्रामिण समुदायमा समेत गएर यस खालको सचेतना कार्यक्रम गर्न अनुरोध गरे ।

अधिकारीले साग्रिला बैकले सामाजिक उतरदायित्वअन्र्तगत रहेर विभीन्न कामहरु र सेवा गरेको कुरा बिदितै रहेको बताउँदै गल्छी शाखाले मात्रै नभइ देशैभरिको शाखा कार्यालयहरुले समेत सामाजिक उतरदायित्वका कार्य उदाहरणीय रहेको बताए । उनले बैकले नाफालाई केन्द्र नमानी सेवाभावले काम गरेको छ यस बैकको प्रगतिको समेत शुभकामना दिदैं कोरोना फाइरसबाट त्रसित नभई यसबाट बच्ने बिधीहरु अवलम्बन गरौ र गराउ भनि अनुरोधसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्