Logo

सिटिजन्स बैंकको शाखा डोल्पाको जुफालमा, शाखा संख्या ९४ पुग्यो

सिटिजन्स बैंकको शाखा डोल्पाको जुफालमा, शाखा संख्या ९४ पुग्यो



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डोल्पाको जुफालमा शाखा संचालनमा ल्याएको छ । बैंकले नेपाली जन माझमा आफ्नो उपस्थितिले आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहँुच प्रदान गर्ने उद्देश्यका साथ उक्त शाखा विस्तार गरेको हो ।

सरकारले अवलम्बन गरेको वित्तीय समावेशिताको अवधारणालाई कार्यान्वयन गर्न शाखा संजालको विस्तारले टेवा पुग्ने बैंकको विश्वास रहेको छ । दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिङ सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्ने उद्देश्यका साथ डोल्पाको जुफाल शाखा विस्तार गरेको बैंकले जानकारी दिएको छ ।

उक्त शाखामार्फत वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने बैंकको उद्देश्य रहेको छ । साथै उक्त शाखामार्फत सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवा प्रदान गर्ने छ ।

बैंकले विस्तारित शाखासँगै ९४ शाखामार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले सहयोगी विकाश बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी अन्तिम सम्झौतामा हस्ताक्षर गरिसकेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा १०८ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्