Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, बिद्योदय माविलाई सहयोग

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, बिद्योदय माविलाई सहयोग



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुरको बिद्योदय माध्यमिक विद्यालयलाई बिभिन्न सामग्रीहरु सहयोग प्रदान गरेको छ । बैंकले विद्यार्थी दिवा खाजाको तयारीका लागि आवश्यक पर्ने भाँडाकुडा तथा अन्य सामग्रीहरु उपलब्ध गराएको हो ।

नेपाल सरकारले अवलम्बन गरेको ‘सुखी नेपाली र सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न सहयोग गरेको बैंकले जानकारी दिएको छ । उक्त सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका जनजाती, दलित र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने विद्यालयले जानकारी दिएको छ ।

बैंकले ९३ शाखा, ९० एटिएम र १०३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवालगायतका सेवा सेमत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL