Logo

बैंक अफ काठमाण्डू र काठमाण्डौं क्लिनिकबीच सम्झौता, क्लिनिकका सेवा सुविधामा १० प्रतिशत छुट

बैंक अफ काठमाण्डू र काठमाण्डौं क्लिनिकबीच सम्झौता, क्लिनिकका सेवा सुविधामा १० प्रतिशत छुट



काठमाडौं । बैंक अफ काठमाण्डू र काठमाण्डौं क्लिनिक अफ कस्मेटिक सर्जरी बीच सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकलाई उक्त क्लिनिकको सेवा सुविधामा १० प्रतिशत छुट पाउने भएको छ । बैंकका ग्राहकले उक्त सेवा लिन भने बैंकको मोबाईल बैंकिङ र डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्नु पर्नेछ ।

बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र क्लिनिकका निर्देशक सुयोग मैनालीले सो सम्झौतामा हस्ताक्षर गरेका छन । बैंकले ८७ शाखा, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL