Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई कम्प्युटर प्रदान

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई कम्प्युटर प्रदान



काठमाडौं । सिटिजन्स बैंकले पाल्पाको रैनादेवीका विद्यार्थिलाई कम्प्युटर प्रदान गरेको छ । बुधबार एक कार्यक्रमका बीच पाल्पाको रैनादेवी छहरा ४ स्थित नवदीप माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर प्रदान गरेको हो ।

निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुलाई प्रतिस्पर्धात्मक प्राविधिक शिक्षण सिकाई गर्नका लागि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।

बैंकले हाल ९३ वटा शाखा, ९० वटा एटिएम र १ सय ३ वटा शाखा रहित बैंकिङ सेवामार्फत सेवा दिँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL