Logo

कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मी प्रपन्न निरौला नियुक्त

कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मी प्रपन्न निरौला नियुक्त



काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मी प्रपन्न निरौला नियुक्त भएका छन् । केही समय अघिमात्रै नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अबकाश पाएका निरौलालाई अर्थमन्त्रालयले कृषि विकास बैंकको अध्यक्षमा नियुक्त गरेको हो ।

राष्ट्र बैंकमा रहेर ३० बर्ष सम्म नीति निर्माणदेखि बैंक सुपरिवेक्षमा काम गरेका निरौलाको नियुक्तीसँगै कृषि विकास बैंकलाई थप उचाईमा पुर्याउन सहयोग पुग्ने विश्वास रहेको छ । उनलाई मंगलबारको अर्थमन्त्री स्तरीय बैंठकले अध्यक्षमा नियुक्त गरेको हो ।

आफु अध्यक्ष भएर गएसँगै बैंकभित्रको समस्या पत्ता लगाई सोही अनुरुप नीतिनिर्माण तहमा काम गर्ने नवनियुक्त अध्यक्ष निरौलाले बिजखबरसँगको कुराकानीमा बताए ।

प्रतिक्रिया दिनुहोस्