Logo

एनआईसी एशियाको नयाँ योजना, रेमिटबाट निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

एनआईसी एशियाको नयाँ योजना, रेमिटबाट निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने



काठमाडौं । एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।

बैंकले ल्याएको उक्त योजना अन्तर्गत एनआईसी एशिया बैंकका देशभर फैलिएका सम्पूर्ण शाखा र विस्तारित काउण्टरहरूबाट नेपालभरी एक ठाउँबाट अर्काे ठाउँमा सित्तैमा आन्तरिक रेमिट्यान्स रकम पठाउन सकिने भएको हो ।

उक्त योजना अनुसार फागुन १८ देखि २०७७ वैशाख १७ गतेसम्म देशभित्र रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने व्यवस्था बैंकले गरेको छ ।

बैंकका ३ सय १९ शाखा, १ सय ७ विस्तारित काउण्टर, ५६ वटा शाखारहित बैंकिङ इकाई एवं ९ हजारभन्दा बढी सहायक प्रतिनिधिहरू मार्फत सरल रुपमा भुक्तानी पाउन सकिनेछ ।

बैंकले हाल देशभर ३ सय १९ शाखा कार्यालयहरू, ४ सय ५१ एटिएम, १ सय ७ वटा एक्स्टेन्सन काउण्टर एवं ५६ वटा शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL