Logo

बैंक अफ काठमाण्डूको रक्तदान कार्यक्रम सम्पन्न, फत्तेबाल आँखा अस्पताललाई वाटर डिस्पेन्सन उपकरण

बैंक अफ काठमाण्डूको रक्तदान कार्यक्रम सम्पन्न, फत्तेबाल आँखा अस्पताललाई वाटर डिस्पेन्सन उपकरण



काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो २५ औँ वर्षको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ ।

प्रदेश नं. ५ अन्तरगत नेपालगन्ज प्रादेशिक कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणा, नेपाल राष्ट्र बैंक नेपालगन्जका प्रमुख मुक्ति सापकोटा तथा बैंकका संचालक समिति सदस्य गोबिन्द प्रसाद शर्माको सहभागितामा उक्त कार्यक्रम गरिएको हो ।

सोही अवसरमा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत नेपालगन्जको फत्तेबाल आँखा अस्पताललाई पानी शुद्धिकरणको लागि वाटर डिस्पेन्सन उपकरण समेत हस्तान्तरण गरिएको छ ।
बैंकले ८७ शाखा, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL