Logo

एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा प्युठानको लामाचौरमा

एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा प्युठानको लामाचौरमा



काठमाडौं । एनआईसी एशिया बैंकले प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं.९, लामाचौरमा आफ्नो ५५ औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले आईतबारदेखि उक्त सेवा संचालनमा ल्याएको हो । सेवाको उद्घाटन सोही वडाका अध्यक्ष नर बहादुर बुढामगरले गरेका हुन । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा बैंकले गोपाल कृष्ण बुढामगरलाई नियुक्त गरेको छ ।

ग्रामीण क्षेत्रका स्थानीयवासीहरूले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ सेवा लिन सक्नेगरी उक्त सेवा संचालनमा ल्याईएको बैंकले जानकारी दिएको छ । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि लामो दूरीसम्म हिड्नुपर्ने वाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीयवासीहरूले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।

बैंकले हाल देशभर ३ सय १९ शाखा कार्यालयहरु, ४ सय ५१ एटिएम, १ सय ७ वटा एक्स्टेन्सन काउण्टर एवं ५५ वटा शाखारहित बैंकिङमार्फत सेवा दिईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL