Logo

सनराइज बैंकको ९ औं एक्सटेन्सन काउन्टर ललितपुरको खोकनामा

सनराइज बैंकको ९ औं एक्सटेन्सन काउन्टर ललितपुरको खोकनामा



काठमाडौं । सनराईज बैंकले ललितपुरको खोकनामा आफ्नो ९ औं एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले आईतबार एक कार्यक्रमको आयोजना गर्दै आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने उद्धेस्यले उक्त एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो ।

बैंकको उक्त् एक्सटेनसन काउन्टर ललितपुर महानगरपालिकाका वडा नं २१ का अध्यक्ष रबिन्द« मर्हजन र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

बैंकले सर्वसाधारण र उद्यमीलाई निक्षेप संकलन तथा रकम भुक्तानी लगाएतका सेवा दिने उद्देश्यले एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको बताएको छ ।

हालसम्म बैंकको शाखा संख्या १ सय ३० वटा पुगेको छ । साथै बैंकले नेपालभर ३८ वटा शाखारहित बैंकिङ सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १ सय २३ वटा एटिएम मार्फत सेवा दिईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्