Logo

बैंक अफ काठमाण्डुको भिसा नगद फिर्ता योजना सार्वजनिक, ईकमर्स कारोबार गर्दा नगद फिर्ता

बैंक अफ काठमाण्डुको भिसा नगद फिर्ता योजना सार्वजनिक, ईकमर्स कारोबार गर्दा नगद फिर्ता



काठमाडौं । बैंक अफ काठमाण्डुले ‘बीओके भिसा नगग फिर्ता योजना’ सार्वजनिक गरेको छ । बैंकले आईतबार आफ्ना कार्ड बाहक ग्राहकहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभ लाई मध्यनजर गर्दै उक्त योजना सार्वजनिक गरेको हो ।

बैंकको कार्ड बाहक ग्राहकहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि एक महिना भित्र पोस तथा ईकमर्स कारोबार गर्दा ५ सय रुपैयाँ फिर्ता पाउनेछन ।

जस अन्र्तगत एक महिना भित्र कम्तीमा २ वटा पस र ईकमर्स कारोबार गर्दा २ सय ५० रुपैयाँ फिर्ता पाउनेछन ।

उक्त नगद फिर्ता योजना अंग्रेजी क्यालेण्डर अनुशार लागू हुनेछ । योजनाको उच्चतम फाइदा सदुपयोगको लागि प्रत्येक कारोबार ५ सय रुपैयाँ वा सो भन्दा बढि हुनुपर्नेछ । उक्त नगद फिर्ता योजना सिमित अवधिको लागि मात्र भएको समेत बैंकले जानकारी दिएको छ ।

बैंकले हाल ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL