Logo

सेञ्चुरी बैंकको सामाजिक उत्तरदायित्व, विद्यार्थीलाई पोशाक वितरण

सेञ्चुरी बैंकको सामाजिक उत्तरदायित्व, विद्यार्थीलाई पोशाक वितरण



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले विद्यार्थिहरुलाई विद्यालय पोशाक हस्तान्तरण गरेको छ । बैंकको बेलचोक, नारायणगढ शाखाले आईतबार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इच्छाकामना–६, चितवनस्थित देवीभञ्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय कालिखोलामा कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकाहरुका लागि १ सय २२ थान विद्यालय पोशाक हस्तान्तरण गरेको हो ।

विद्यालयको २६औं वार्षिकोत्सव तथा अभिभावक दिवशको उपलक्ष्यमा बालबालिकाहरुको लागि विद्यालय पोशाक बंैकका हेटौंडा क्लस्टर प्रमुख शंकर केसी तथा बेलचोक, नारायणगढ शाखा प्रमुख गणेश प्रसाद शर्माले विद्यालयका प्रध्यानाध्यापक ज्ञानु देबी पाण्डेलाई हस्तान्तरण गरेका हुन ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्