Logo

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक सामग्री सहयोग



काठमाडौं । मुक्तिनाथ विकास बैंकले भक्तपुरको प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत भक्तपुर ठिमी स्थीत प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदको सामाग्री वितरण गरेको हो ।

उक्त सामाग्रीहरु विद्यालयका प्राधानाध्यापक सरिता अधिकारीलाई बैकको ठिमी शाखाका शाखा प्रमुख दिनेश श्रेष्ठले हस्तान्तरण गरेका हुन । उक्त सहयोगबाट विद्यार्थीको सिकाई प्रक्रियामा थप सहयोग पुग्ने बैंकको विस्वास रहेको छ ।

बैंकले १३४ शाखामार्फत आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ, आस्वालगायतका सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL