Logo

एनआईसी एशिया बैंक र एष्ट्रेक क्लाईम्बिङ वालबीच समझौता, बैंकका ग्राहकलाई ३० प्रतिशत छुट

एनआईसी एशिया बैंक र एष्ट्रेक क्लाईम्बिङ वालबीच समझौता, बैंकका ग्राहकलाई ३० प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंक र एष्ट्रेक क्लाईम्बिङ वाल प्रालीबीच सम्झौता भएको छ । बैंकका वागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने र कम्पनीका महाप्रबन्धक कमल घले गुरुङले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार बैंकका ग्राहकले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरि ठमेलमा रहेको वाल क्लाईम्बिङ कम्पनीले उपलब्ध गराउने सेवा प्रयोग गर्दा लाग्ने शुल्कमा ३० प्रतिशत छुट पाउनेछन । साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारलाई भने ५० प्रतिशत छुट पाउने भएको छ ।

उक्त छुट सुविधा १ वर्षसम्म लागू हुने बैंकले जानकारी दिएको छ । उक्त सम्झौताले यस खेलमा रमाउन चाहाने सबैका लागि लाभदायी हुने बैंकको विश्वास रहेको छ । बैंकले कार्ड तथा मोबाइल बैंकिङबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्दै आइरहेकोमा बैंकका ग्राहकहरुको अधिकतम लाभका लागि सो योजना ल्याइएको बैंककले जानकारी दिएको हो ।

बैंकले ३१९ शाखा, ४५० एटिएम, १०६ एक्स्टेन्सन काउण्टर एवं ५२ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL