काठमाडौं । प्रभु बैंकले ‘प्रभु गुडलक सेभिङ’ निक्षेप योजना संचालनमा ल्याएको छ । बैंकले विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी तथा कर्मचारीहरुलाई लक्षित गर्दै उक्त योजना संचालनमा ल्याएको हो ।
शुन्य मौजदातमा खाता खोल्न सकिने उक्त प्रभु गुडलक सेभिङ खाता खोल्नासाथै बैंकले १ सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था मिलाईएको बैंकले जानकारी दिएको छ । उक्त योजना अन्तरगत खाता खोल्ने खाता धनीहरुलाई वार्षिक ६ दशमलब ५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो सेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट, मोबाईल बैंकिङलगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध हुनेछन् ।
प्रभु गुडलक सेभिङ अन्तरगत खाता खोल्ने खाता धनीहरुलाई बैंकले आप्mनो सहायक कम्पनी प्रभु क्यापिटलसँगको आवश्यक समन्वय तथा सहकार्यमा सम्बन्धित कलेज तथा विश्वविद्यालयहरुमा पूँजीबजारसँग सम्बन्धित बिषयमा व्यवहारिक ज्ञान तथा परामर्श प्रदान गर्नेछ ।