Logo

एभरेष्ट बैंक र होटल सोल्टीक्राउन प्लाजाबीच सम्झौता, बैंकका ग्राहकलाई १० प्रतिशत छुट

एभरेष्ट बैंक र होटल सोल्टीक्राउन प्लाजाबीच सम्झौता, बैंकका ग्राहकलाई १० प्रतिशत छुट



काठमाडौ । एभरेष्ट बैंक र सोल्टी इन्टरप्राइजेज प्रालिबीच सम्झौता भएको छ ।

काठमाडौंको होटल सोल्टी क्राउन प्लाजा र बैंकबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले होटलको निर्धारित मूल्यमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन । बैंकका ग्राहकहरुले आफ्नो एटीएम वा क्रेडिट कार्डमार्फत छुट प्राप्त गर्नेछन । एभरेष्ट बैंक सदैव ‘सभिर्स वीथ स्माइल’ नाराका साथ ग्राहकका लाभ र सन्तुष्टिमा केन्द्रित रहेको छ ।

बैंकले हालै बेष्ट म्यानेज्ड कमर्सियल बैंक २०१९ बाट सम्मानित हुनुका साथै क्यामेल्स रेटिङ अन्तरगत बेष्ट रेटेड कमर्सियल बैंक बन्न सफल भएको छ । बैंकले ९५ शाखा, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर तथा १२२ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL