काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डोल्पाको ठूलीभेरी नगरपालिका दुनैमा रहेको सरस्वति माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व अन्तरगत विद्यालयलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको यस विद्यालयले उक्त सहयोग रकमबाट हिमाली छात्रवासमा रही अध्ययन गरिरहेका २५ जना छात्र÷छात्राहरू र महिला फिडर छात्रवासमा अध्ययन गरिरहेका २० जना छात्राहरुको लागि आवश्यक खाद्यान्न तथा न्यानो खरिदका लागि खर्च गर्ने भएको छ ।
बैंकले ९३ शाखा, ९० एटिएम र १०३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।