Logo

भूकम्प पीडितलाई सिटिजन्सको सहयोग, जस्तापाता तथा खाद्यान्न प्रदान

भूकम्प पीडितलाई सिटिजन्सको सहयोग, जस्तापाता तथा खाद्यान्न प्रदान


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

३१ असार,काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिन्धुलीको शितलपाटी भूकम्प पीडितलाई राहत वितरण गरेको छ ।

बैंकले १ सय ५० घरधुरीलाई अस्थाई बास निर्माण गर्नका लागि जस्तपाता एवंम प्रति परिवारका दरले १० किलो चामल, १ किलो नुन र १ लि. तेल खाद्यन्न वितरण गरेको हो । बैंकका कार्यवहाक अध्यक्ष बालकृष्ण प्रसाईले सो राहत पीडितहरुलाई प्रदान गरेका थिए ।
साथै नेपालको शिक्षा जगतमा टेवा पु¥याउने उद्देश्यले जनकपुर अञ्चल, सिन्धुली जिल्ला शितलपाटी स्थित श्री दीर्घ प्रदीप उच्च मा. वि.लाई सामाजिक उत्तरदायित्व अन्तर्गत २ थान कम्प्यूटर वितरण गरेको छ । सो अबसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले उक्त विद्यालयका प्राध्यापक श्री शंकर उप्रेतीज्यूलाई सो कम्प्यूटरहरु हस्तान्तरण गरे । उनले बैंक सामाजिक उत्तरदायित्व बहन गर्न आरम्भ देखि नै अग्रसर रहेको जानकारी गराए ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शिक्षा, स्वास्थ्य, खेलकुद जस्ता क्षेत्रहरुमा प्रत्येक वर्ष सहयोग पु¥याउदै आएको तथा भविष्यमा पनि बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL