Logo

२५ औं बार्षिकोत्सवमा बीओकेको नयाँ योजना, २५ रुपैयाँमा खाता खोल्न पाईने

२५ औं बार्षिकोत्सवमा बीओकेको नयाँ योजना, २५ रुपैयाँमा खाता खोल्न पाईने



काठमाडौं । बैंक अफ काठमाडौं (बीओके) ले आफ्नो २५ औं बार्षिकोत्सवको अवसरमा विभिन्न सुविधासहितका योजना सार्वजनिक गरेको छ । बैंकले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै बैंक २५ बर्ष पुगेको उपलक्ष्यमा बीओके कृषि कर्जा, सहज बचत खाता र टपअपमा २५ प्रतिशत नगत फिर्ताको योजना सार्वजनिक गरेको छ ।

बैंकका अनुसार बीओके कृषि कर्जा अन्तरगत कृषि क्षेत्रलाई प्राथमिकतामा राखी उक्त योजना सार्वजनिक गरिएको हो । यस्तै बैंकले सार्वजनिक गरेको सहज बचत खाता भने २५ रुपैयाँमै खाता खोल्न सकिने छ । जसमार्फत डेविट, क्रेडीट लगायतका कार्डहरु निशुल्क पाईने बैंकले जानकारी दिएको छ ।

साथै बैंकको मोबाईल बैंकिङ बीओके स्मार्टमार्फत नेपाल टेलिकम र एनसेलका सिममा रिचार्ज टपअप गर्दा २५ प्रतिशत नगद फिर्ता हुने समेत बैंकले जानकारी दिएको छ ।

बैंकले आफ्नो २५ औं बार्षिकोत्सवका अवसरमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं ईन्स्टच्युट अफ चाईल्ड हेल्थलाई आईसीयु कक्ष निर्माण गर्नका कागि १ करोड रुपैयाँ सहयोग गरेको छ । उक्त रकम संस्थाका अध्यक्ष डा. भगवान कोईरालालाई चेक हस्तान्तरण समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL