Logo

सेञ्चुरी बैंक, होटेल सामना र होटेल सुर्यान्सबीच सम्झौता, होटलको सेवामा १५ देखि २० प्रतिशत छुट

सेञ्चुरी बैंक, होटेल सामना र होटेल सुर्यान्सबीच सम्झौता, होटलको सेवामा १५ देखि २० प्रतिशत छुट



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक, होटल सामना प्रालि तथा होटल सुर्यान्स प्रालिबीच सम्झौता भएको छ । बैंकले मकवानपुर स्थित होटेल सामना तथा होटल सुर्यान्सबीच विभिन्न सेवा सुविधामा दिने गरि सम्झौता गरेको हो ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले होटेल सामनाको सेवा सुविधामा १५ प्रतिशत र होटेल सुर्यान्सको सेवा सुविधामा २० प्रतिशतसम्म छुट पाउनेछन ।

होटेल सामनाका प्रबन्ध निर्देशक सुरज आचार्य र बैंकका हेटौडा शाखा प्रबन्धक सुहित शाक्यले हस्ताक्षर गरेका छन भने होटेल सुर्यान्सका अपरेशन प्रबन्धक नकुल गिरि र बैंकका हेटौडा शाखा प्रबन्धक शाक्यले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्