Logo

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोग र क्वेष्ट इन्टरनेसनल कलेजको आयोजनामा भएको नारायणप्रसाद स्मृति बास्केटबल प्रतियोगिता–२०७६ सम्पन्न भएको छ ।

खेलकुदको विकासमा सहयोग गर्दै आइरहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोगमा भएको बास्केटलबल प्रतियोगितामा काठमाडौंका विभिन्न कलेजहरूको सहभागिता रहेको थियो ।

क्वेष्ट इन्टरनेसनल कलेजका प्रांगणमा सम्पन्न बास्केटबल प्रतियोगिताको महिलातर्फसाइपाल कलेज प्रथम र दोस्रो रिलयान्स इन्टरनेसनल एकेडेमी भएका थिए ।

त्यसै गरी पुरुष तर्फ प्रथममा सिसिआरसी कलेज र दोस्रो ओमेगा कलेज भएका थिए । बास्केटबल प्रतियोगिताका बिजेताहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकका संचालक श्रीमती लिसा शेरचनले पुरस्कार वितरण गरेकी थिइन ।

बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्