काठमाडौं । एनआईसी एशिया बैंकले ललितपुरको जिल्ला अदालत परिसरमा विस्तारित बैंकिङ सेवाको सुरुवात गरेको छ । उक्त सेवाको ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर कार्कीले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन ।
कार्यक्रममा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई अदालती शुल्कका साथै दस्तुर बुझाउन र आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बताए ।
बैंकले ३१३ शाखा, ४४२ एटिएम, १०९ एक्स्टेन्सन काउण्टर एवं ५२ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।