Logo

सिटिजन्स बैंक र एल्लो प्यागोडा होटेलबीच सम्झौता, कार्डबाहक ग्राहकलाई विशेष छुट

सिटिजन्स बैंक र एल्लो प्यागोडा होटेलबीच सम्झौता, कार्डबाहक ग्राहकलाई विशेष छुट



काठमाडौैं । सिटिजन्स बैंक र एल्लो प्यागोडा होटेलबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहक ग्राहकले होटेलको काठमाडौं तथा पोखरा स्थित शाखाहरुमा सेवा लिंदा विशेष छुट पाउने भएको छ ।

बैंकले ८९ शाखा, ९० एटिएम र १०३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिटान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवालगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL