Logo

सेञ्चुरी बैंकले ६ दशमलव ७५ प्रतिशत लाभांश दिने, अनुमतिका लागि राष्ट्र बैंकमा प्रस्ताव

सेञ्चुरी बैंकले ६ दशमलव ७५ प्रतिशत लाभांश दिने, अनुमतिका लागि राष्ट्र बैंकमा प्रस्ताव



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ६ दशमलब ७५ प्रतिशत लाभांश सेयर वितरण गर्ने गरी प्रस्ताव पेश गरेको छ ।

बैंकको बिहीबार बसेको संचालक समितिको ३०३ औं बैठकले २०७६ असार मसान्तमा कायम चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५ सय ७६ रुपैयाँको २ प्रतिशतले हुन आउने रकम १६ करोड ८३ लाख ९ हजार ४ सय २३ रुपैयाँ बोनश सेयर वितरण गर्ने भएको हो ।

बैंकले कुल चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५ सय ७६ रुपैयाँको ४ दशमलब ७५ प्रतिशतले हुन आउने रकम ३९ करोड ९७ लाख ३४ हजार ८ सय ९९ रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्नको लागि प्रस्ताव गरिएको छ ।

आर्थिक बर्ष २०७५/७६ को वित्तीय विवरण, नाफा नोक्सानको विवरण र अन्य विवरण तथा अनुसूचीहरु प्रकाशन गर्न तथा प्रस्तावित लाभांश स्वीकृतको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्