Logo

एनआईसी एशिया बैंकको नयाँ वेबसाइट संचालनमा, वेबसाईट नेपाली भाषमा पनि हुने

एनआईसी एशिया बैंकको नयाँ वेबसाइट संचालनमा, वेबसाईट नेपाली भाषमा पनि हुने



काठमाडौं । एनआईसी एशिया बैंकले नेपाली भाषमा नयाँ वेबसाइट सार्वजनिक गरेको छ । बैंकले संचालनमा ल्याएको नयाँ वेबसाईट (www.nicasiabank.com) मा बैंकको सेवा सुविधाकोे विवरण, तथा अन्तरक्रियात्मक शैलीमा जानकारी प्रस्तुत गर्नुको साथै उक्त वेबसाइट नेपाली भाषामा समेत उपलब्ध रहेको छ ।

ग्राहकले नेपाली भाषामा बैंकका सूचनाहरु उक्त वेबसाइटबाट प्राप्त गर्न सकुन भन्ने उद्देश्यले उक्त वेबसाईट संचालनमा ल्याएको बैंकले जानकारी दिएको छ । साथै गुगल म्यापलाई समेत संलग्न गरि संचालनमा ल्याएको उक्त वेबसाईटबाट सजिलै बैंकको शाखा, एक्स्टेन्सन काउण्टर, एटिएम रहेको स्थान सजिलै पत्ता लगाउन सकिनेछ ।

साथै बैंकको कार्ड तथा मोबाईल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने पसल तथा ब्यवसायीको स्थानको पहिचान समेत गर्न सकिने बै.कले जानकारी दिएको छ । वेबसाईटलाई मोबाइलबाट पनि चलाउन मिल्ने गरी डिजाइन गरिएकोले ग्राहकहरुले जुनसुकै स्थानबाट पनि आफ्नो स्मार्टफोनमार्फत वेबसाइट चलाउन सक्ने सुविधा बैंकले प्रदान गरिएकोे छ ।

त्यसतै बैंकले वेबसाईट बाटै खाता खोल्न मिल्ने सुविधाका साथ बैंक सम्बन्धी विविध जानकारी तथा सहयोगका लागि चौबीसै घण्टा ‘साथी’ च्याटबट वेबसाईटमै उपलब्ध रहेको छ । वेबसाईटमा प्रयोगकर्ताको रुची अनुसार बैंकले उपलब्ध गराउने विभिन्न सुविधा तथा जानकारी प्रयोगकर्ताको वेब–ब्राउजरमा स्वचालित सुचनामार्फत पठाउन सकिने प्रविधिको समेत प्रयोग गरिएको छ । बैंकले ३१३ शाखा, ४४१ एटिएम, १०४ एक्स्टेन्सन काउण्टर एवं ५० शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL