Logo

एनआईसी एशिया र सुर्या लाइफ इन्स्योरेन्सबीच समझदारी, डिजिटल भुक्तानीमार्फत बीमा शुल्क तिर्न सकिने

एनआईसी एशिया र सुर्या लाइफ इन्स्योरेन्सबीच समझदारी, डिजिटल भुक्तानीमार्फत बीमा शुल्क तिर्न सकिने



काठमाडौं । एनआईसी एशिया र सुर्या लाईफ ईन्स्योरेन्सबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बैंकको विभिन्न डिजिटल भु्क्तानी सेवाहरुको प्रयोग गरि सूर्या लाइफ इन्स्योरेन्सको बीमा शूल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क बुझाउन सकिने गरि दुई कम्पनीबीच समझदारी भएको हो ।

उक्त समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका हुन ।

बैंकले डिजिटल भुक्तानीलाई व्यापकता दिदै आइरहेकामा पछिल्लो पटक सूर्या लाइफ इन्स्योरेन्ससँगको समझदारीले ग्राहकहरु थप लाभान्वित हुने भएका छन् । उक्त समझदारी अनुसार सूर्या लाइफका ग्राहकहरुले बैंकका क्युआर कोड, कार्ड पिओस, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ लगायत विभिन्न डिजिटल भुक्तानी माध्यमहरुको प्रयोग गरि रकम भुक्तानी गर्न सक्नेछन ।

समझदारी पश्चात सेवाग्राहीले ठूलो नगद रकम बोक्ने झन्झटबाट मुक्ति पाउनेछन । यस्तै भीड रहित र सरल सेवा समेत प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL