Logo

शाखा विस्तारमा एग्रेशिभ हुँदै प्रभु बैंक, एकैदिन ३ नयाँ शाखा विस्तार

शाखा विस्तारमा एग्रेशिभ हुँदै प्रभु बैंक, एकैदिन ३ नयाँ शाखा विस्तार



काठमाडौं । प्रभु बैंकले एकैसाथ विभिन्न ३ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले बुधबार विभिन्न कार्याक्रमको आयोजना गर्दै कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा एकैसाथ ३ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

पोखरा महानगरपालिकाको वडा नं. २ स्थित हरिचोक शाखा कार्यालयको बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ती शेरचनले उद्घाटन गरेकी हुन । यस्तै पोखरा महानगरपालिकाको वडा नं. १३ स्थित बाँझापाटन शाखा कार्यालयको पोखरा महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष लेख बहादुर तामाङले उद्घाटन गरेका हुन ।

त्यसैगरी पोखरा महानगरपालिका वडा नं. २६ स्थित अर्घौंचोक शाखा कार्यालयको लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष बलराम ढकालले उद्घाटन गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्