Logo

सिद्धार्थ बैंकको न्यूरोड नेपालगञ्ज र बीपी चोक शाखाको औपचारिक समुद्घाटन

सिद्धार्थ बैंकको न्यूरोड नेपालगञ्ज र बीपी चोक शाखाको औपचारिक समुद्घाटन



काठमाडौं । सिद्धार्थ बैंकले बाँकेको न्यूरोड नेपालगञ्ज शाखा र बीपी चोक शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । बैंकको न्यूरोड नेपालगञ्ज शाखाको उद्घाटन नेपालगञ्ज उप(महानगरपालिकाका उप(मेयर उमा थापा मगर र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाबाट मंगलबार संयुक्त रुपमा भएको थियो ।

यसैगरि बीपी चोक शाखाको उद्घाटन नेपालगञ्ज उप(महानगरपालिकाका मेयर धवलशमशेर राणा र नेपाल राष्ट्र बैंक नेपालगञ्ज शाखाका निर्देशक मुक्तिनाथ सापकोटाबाट संयुक्त रुपमा भएको थियोे । बैंकले न्यूरोड नेपालगञ्ज शाखा पौष १६ गते र बीपी चोक शाखा भाद्र ९ गतेदेखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ्ग सेवा, २०३ एटीएम र १,६०० भन्दा बढी पिओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले निक्षेपकर्ता तथा ग्राहकलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफनो सेवालाई थप सुदृढ, आत्मीय र ग्राहकमुखी बनाउने उद्देश्य लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL